कसलाई लाग्छ आचारसंहिता ?

काठमाडौँ १८ फागुन
महानगरपालिकाका प्रमुख र उपप्रमुखका उम्मेदवारले निर्वाचन प्रचारप्रसारका लागि बढीमा दुईवटा चारपांग्रे हलुका सवारीसाधन र दुईवटा मोटरसाइकल चलाउन पाउनेछन् । वडाअध्यक्ष तथा सदस्यका उम्मेदवारले एउटा चारपांग्रे हलुका सवारीसाधन र एउटा मोटरसाइकल प्रयोग गर्न पाउने गरी आयोगले आचारसंहिता बनाएको छ । यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ।
त्यसैगरी, उपमहानगरपालिका र नगरपालिकाका प्रमुख, उपप्रमुख, वडाअध्यक्ष तथा सदस्य र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडाअध्यक्ष तथा सदस्यका उम्मेदवारले निर्वाचन प्रचारप्रसारका लागि बढीमा एउटा चारपांग्रे हलुका सवारीसाधन र दुईवटा मोटरसाइकल प्रयोग गर्न सक्नेछन् । तर, त्यस्ता सवारीसाधन नचल्ने ठाउँमा बढीमा दुईवटा घोडा प्रयोग गर्न सकिनेछ । एउटा उम्मेदवारको नाममा स्वीकृत वा प्रयोग भएको सवारीसाधन अन्य उम्मेदवारले प्रयोग गर्न वा गराउन नहुने आचारसंहितामा उल्लेख छ ।
कसलाई लाग्छ आचारसंहिता ?
-नेपाल सरकार र सरकारका मन्त्री
-स्थानीय निकाय/तह
-स्थानीय निकाय/तहका कर्मचारी
-सार्वजनिक संस्थाका कार्यालय तथा कर्मचारी
-सरकारी तथा अर्धसरकारी संस्थाको कार्यालय तथा कर्मचारी
-नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल तथा राष्ट्रिय अनुसन्धान विभाग तथा ती निकायमा कार्यरत सुरक्षाकर्मी
-निर्वाचनको काममा संलग्न कर्मचारी
-राजनीतिक दल तथा राजनीतिक दलको भ्रातृ संगठन
-उम्मेदवार तथा सम्बन्धित व्यक्ति
-सार्वजनिक पद धारण गरेको व्यक्ति
-पर्यवेक्षक
-सरकारी तथा निजी क्षेत्रका सञ्चारमाध्यम
-निजी तथा गैरसरकारी संस्था
-आयोगले तोकेका अन्य निकाय वा व्यक्ति
-नेपाल सरकारको अनुदानमा सञ्चालित विश्वविद्यालय वा सामुदायिक विद्यालयका शिक्षक वा कर्मचारी, सार्वजनिक पदधारण गरेको व्यक्ति

फेसबुकबाट तपाईको प्रतिक्रिया