कस्तो छ डा. केसीको स्वास्थ्य ?

काठमाडौँ – १६ श्रावण

डा. गोविन्द केसीलाई मंगलबार त्रिवि शिक्षण अस्पतालको सामान्य वार्डमा सारिएको छ । २७ दिन लामो अनशनले कमजोर बनेका उनलाई ६ दिन आईसीयूमा राखेर उपचार गरिएको थियो ।

मंगलबार गरिएको रगत परीक्षण प्रतिवेदन र ईसीजीमा सुधारका संकेत देखिएपछि वार्डमा सारिएको हो । अझै पनि सन्तोषजनक रूपमा सेतो रक्तकोशिकाको संख्या नबढेको, रक्तचाप ‘मेन्टेन’ नभएको र नसाबाट विभिन्नखाले औषधि दिइरहनुपर्ने भएका कारण अस्पतालकै मेडिसिन विभागअन्तर्गत भर्ना गरी उपचार भइरहेको हो । कान्तिपुर दैनिकमा खबर छापिएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया