कस-कसलाई सिध्याउने धम्की दिए काफ्लेले

काठमाडौँ २१ जेस्ठ

नेपाल विद्युत् प्राधिकरणको घाटा पछिल्लो दिनमा बढेर रु पाँच अर्ब पुगेको छ । भारतबाट आयात गरिएको विद्युत्को भुक्तानीका लागि मात्रै प्राधिकरणले मासिक ४० करोड तिर्नुपर्ने अवस्था रहेको छ । खिम्ती र भोटेकोसी जस्ता आयोजनालाई मात्रै प्राधिकरणले अमेरिकी डलरमा भुक्तानी दिँदा एक अर्ब थप व्ययभार पर्ने गरेको छ ।

आजको जनआह्वान साप्ताहिकमा खबर छ–घाटा कम गर्नै र समस्या समाधान गर्ने विषयमा वास्तविक पहल हुन सकेको छैन । ऊर्जा मन्त्रालयका प्राधिकरणको तालुकदार मन्त्रालय हो । तर प्राधिकरणको आर्थिक स्वास्थ्य सबल छ कि छै्रन भन्ने बारेमा थाहा पाएर पनि थाहा नपाएको जस्तो गरेर बसेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेका कारण प्राधिकरण थप घाटामा पर्ने अवस्था देखिएको छ । सोलु कोरिडोर नबन्दा २०७५ पछि प्राधिकरणले त्यहाँ निर्माणाधिन जलविद्युत् आयोजनालई एक अर्ब ३५ करोड रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्ने छ । चिलिमे जलविद्युत् आयोजना र रसुवा नुवाकोटमा निर्माणधिन आयोजनाको प्रसारण लाइन नहुँदा थप रु तीन अर्ब बराबरको क्षति हुने अवस्था रहेको छ ।

माथिल्लो तामाकोशीको पनि प्रसारण लाइनको अवस्था उस्तै छ । कार्यसम्पादनमा असफल भएका प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्ले भने पद जोगाउनका लागि शक्ति केन्द्र धाउँदै मन्त्रीलाई गाली गरेर बस्न व्यस्त रहेका छन् । मलाई लामो समयसम्म ऊर्जा मन्त्रालयले चिनेन अब मैले उसलाई किन चिन्नुपर्यो । राधा ज्ञवालीलाई पनि ठेगान लगाएकै हो, टोपबहादुर रायमाझी त मेरा लागि भुसुना बराबर हो भन्दै्र काफ्लेले बहालवाला मन्त्रीको हुर्मत लिने काम सुरु गरेका छन् ।

उनले मन्त्री रायमाझीविरुद्ध प्रचार गर्नका लागि काँग्रेस निकटका पत्रकारलाई मोटो रकम दिएर परिचालन गरेका छन् । कार्यकारी प्रमुखबाट हट्नुपर्छ कि भन्ने भयका साथ काफ्लेले नेपालस्थित भारतीय दूतावासका एक अधिकारीसँग पनि गोप्य तवरले भेटवार्ता गरेका छन् ।

माओवादी केन्द्रका नेता समेत रहेका हरिबोल गजुरेललाई मामाको साइनो लगाउँदै टोपबहादुरलाई सम्झाइदिनुप¥यो भन्दै दैनिक भेट्न जाने गरेको बताइन्छ । उनले काँग्रेस सभापति शेरबहादुर देउवासँग पनि आफूलाई अवैध तवरले हटाउन लागेको भन्दै रोकिदिन आग्रह सहित बुढानिलकण्ठ नै पुगेर रुवाबासी गरेको देउवाका एक सहयोगीले बताए । उनले विशेष गरी भारतीय व्यपारी तथा कमिसनखोरहरुको पक्षमा काम गरेका कारण उनीहरुले नै उपलब्ध गराएको रकमका आधारमा सबै संयन्त्र परिचालन गरेको बताइन्छ । काफ्लेले काँग्रेसका विवादास्पद सांसद अमरेशकुमार सिंहलाई समेत भेटवार्ता गरी आफ्नो जागिर जोगाइदिन अनुनय विनय गरेको बताइन्छ ।

त्यसो त अमरेश सिंहदेखि देउवाले भने कानुनी अस्त्र प्रयोग गरेरै भएपनि मन्त्रीलाई असफल बनाउन र राधा ज्ञवालीको हालतमा पु¥याइदिन समेत काफ्ेलाई आर्शिवाद दिएको बताइन्छ । उनले सो कुराको खुलासा जेठ १७ गतेको कृषि तथा जलस्रोत समितिको बैठकमा समेत गरेका थिए । उनले मलाई हटाउने खेल सुरु भएको मैले थाहा पाएको छु, जसले म विरुद्ध प्रस्तुत हुने इरादा राख्छ, उसले प्राधिकरणको आर्थिक स्वास्थ्य पनि राम्ररी हेर्नुपर्छ । पद त केही भएन आज म गए भोलि बी आउँछ, पर्सी सि तर मलाई जुन रुपमा मानसिक तनाव दिन खोजिएको छ, त्यसैको कारण आज प्राधिकरण मासिक घाटामा गइरहेको छ । उनले आफूलाई मन्त्रालयले कहिल्यै काम गर्न नदिएको समेत गुनासो गरे ।

उनले आफूलाई मन्त्रालयले सधै झुलाएको र राधा ज्ञवाली प्रवृत्ति कायम रहेको बताए । म टोपबहादुरलाई चिन्दिन भन्दै उनले विभागिय मन्त्रीको समेत हुर्मत लिने गरेका छन् । आफ्नै बदखुवाई गर्दै हिँड्ने काफ्लेलाई कारवाही गर्ने आँट मन्त्रालयसँग हुन्थ्यो भने प्राधिकरणको आर्थिक अवस्था सबल बन्ने थियो ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया