कहाँबाट आउँछ सेयरबजारमा दैनिक २ अर्ब ?

काठमाडौं–९ असार

साढे ६ महिनाअघि १३ मंसिरमा १ हजार २२ अंकमा रहँदा नेप्सेको बजार पुँजीकरण १० खर्ब रुपैयाँ थियो । त्यसयता नेप्से परिसूचक झन्डै ६ सय अंक बढेको छ भने बजार पुँजीकरणको आकार ७ खर्बभन्दा धेरैले बढिसकेको छ । पछिल्ला केही सातायता सेयरबजारको दैनिक कारोबार नै २ अर्ब रुपैयाँ नाघेको छ । सेयरबजारमा यति ठूलो रकम कहाँबाट आइरहेको छ ?

उदाउँदै महिला
काठमाडौंको पुतलीसडक वरपर झुम्मिएका ब्रोकर कम्पनीमा महिलाको उपस्थिति निकै बाक्लो देखिन्छ । ‘उपस्थिति जति बढेको छ, लगानीको पोर्टफोलियो त्योभन्दा निकै बढी छ,’ एक ब्रोकरले सुनाए ।

धेरै कम्पनीको आइपिओ भर्दा पनि सेयर नपरेपछि दोस्रो बजारमा लगानी गर्न थालेको धादिङकी कमला शर्माले बताइन् । सुमेरु सेक्युरिटिजमा भेटिएकी उनले भनिन्, ‘चितवन बस्ने दिदी र मलेसियामा भएका दाइले पनि सेयर किनिदिन पैसा पठाएपछि अहिले ब्रोकर कम्पनी धाउन थालेकी छु ।’

सानो–सानो बचतलाई पनि महिलाले सेयरमा लगानी गर्न थालेका छन् । ‘थोरैथोरै सेयर किन्दा पनि निकै नाफा भएपछि श्रीमान्ले सापट गरेर विदेशबाट पैसा पठाउनुभयो,’ नुवाकोटकी सरिता तामाङले भनिन्, ‘सबै पैसा सेयरमै हालेकी छु ।’ यसरी बचत मात्र होइन आफन्तको पैसा र रेमिट्यान्सलाई सेयरबजारमा लगानी गर्न महिलाको सक्रियता बढेको छ । महिलामार्फत गैरआवासीय नेपालीले ठूलो परिमाणमा लगानी बढाएको स्टक ब्रोकर्स एसोसिएसनका पूर्वअध्यक्ष अञ्जनराज पौड्यालले पनि बताए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया