काँग्रेस,एमाले र माओवादी एक नभई संविधान कार्यान्वयन हुदैन–केसी

सगीता सुबेदी २९ साउन

काँङग्रेस नेता अर्जुन नरसिहं केसीले काँग्रेस, एमाले र माओवादी एक ठाँउमा नआइ संविधान कार्यान्वयन हुन नसक्ने बताएका छन । नेपाल बुद्धिजिवी परिषदले राजधानीको प्रज्ञा भवनमा आज आयोजना गरेको एक कार्यक्रममा नेता केसीले सो बताएका हुन् । उनले हरेक पार्टीहरु भित्र अहंकारबादी सोच रहेको कारण समस्या निम्तीएको समेत बताए ।

राजनीतिक दलहरु भित्र धेरै सुधार आवश्यक रहेको नेता केसीले बताए । उनले भने ‘राष्ट्रिय हीतका लागि सबै दलले फरक ढंगले सोच्नुपर्छ’ । अहिलेको आवश्यकता सरकार नभइ संस्कार परिवर्तनको, नीति नभई नैतिकता परिवर्तनको रहेको केसीले बताए । संविधान पुर्ण नभएपनि यसको कार्यन्वयनमा जोड दिनुपर्ने र आवश्यक कुराहरु विस्तारै संशोधन गर्दै जानुपर्ने पनि केसीले सो कार्यक्रममा औल्याए । सोही कार्यक्रममा अर्का बक्ता रहेका माओबादी केन्द्रका नेता देब गुरुङले संविधान कार्यान्वयको निम्ती दलहरु आपसमा मिलेर अघि बढनुपर्ने बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया