कांग्रेसका ८ नयाँ मन्त्रीमा गगन थापा पनि !

काठमाडौं १० भदौ

सत्तासाझेदार कांग्रेसले सरकारमा पठाउने थप मन्त्रीको नाम टुंगो लगाएको छ । माओवादी केन्द्रसँगको गठबन्धन सरकार बनेको २३ दिनमा मात्र कांग्रेसले बाँकी १३ मन्त्रीको नाम प्रधानमन्त्रीलाई बुझाएको हो । यसअघि कांग्रेसका दुई मन्त्रीले शपथ लिइसकेका छन् । आन्तरिक भागबन्डाको समस्या टुंगिएपछि बिहीबार कांग्रेसले आफ्नोतर्फका बाँकी १३ मन्त्रीको नाम टुंग्याएको हो । कांग्रेस नेता  प्रकाशशरण महतले बिहीबार राती मन्त्रीको नाम प्रधानमन्त्रीलाई बुझाइएको जानकारी दिए । शुक्रबार बिहान ९ बजे राष्ट्रपति कार्यालयमा मन्त्रीहरूको पद तथा गोपनियताको सपर्थ कार्यक्रम तय भएको राष्ट्रपतिका स्वीकय सचिव भेषराज अधिकारीले जानकारी दिए । कांग्रेसले सरकारमा मन्त्री पठाउँदा ८ नयाँ अनुहार पठाएको छ । सितादेवी यादव, गगन थापा, केशवकुमार बुढाथोकी, नविन्द्रराज जोशी, शंकर भण्डारी ,जीवन शाही, दीपक गिरी र हृदयराम थानी पहिलो पटक मन्त्री बन्दै छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया