कांग्रेसको मधेस ‘कनेक्सन’ यस्तो !

काठमाडौं ९ जेस्ठ

कांग्रेस सभापति शेरबहादुर देउवाले हालै काठमाडौंमा आयोजित एक कार्यक्रममा भने, ‘दलबीच मेलमिलाप र सहमति गरेर संविधान कार्यान्वयन गर्न सरकार असफल भएको छ । सरकारको रबैयाको प्रतिकार गर्दै प्रजातन्त्रको संरक्षणमा कांग्रेस लाग्नेछ ।’ देउवाको भनाइ मोर्चाको राजधानीकेन्द्रित आन्दोलनमा सरकार जिम्मेवार नभएकोतर्फ इंगित थियो । ठूलो दलका रूपमा कांग्रेसले अग्रसरता लिने देउवाले बताएका थिए । संविधान बन्नुअघि भने सभापति देउवा थारूहरूलाई छुट्टै राज्य दिन तयार नभएको भन्दै आलोचित बनेका थिए । तर, संविधान बन्दा सीमांकनको मुद्दालाई थाती राखियो । महाधिवेशनका वेला भने देउवाले तराई मधेसको समस्या समाधान गर्न आफू लाग्ने बताएका थिए ।

तराई–मधेसका सय निर्वाचन क्षेत्रमध्ये ५२ बाट कांग्रेसले प्रतिनिधित्व गरेको छ । मधेसमा कांग्रेसको पहिलादेखि नै पकड छ । २००७ देखिको प्रजातान्त्रिक आन्दोलन तथा ०१७, ०४६ र ०६२/६३ को आन्दोलनमा पनि तराई–मधेस प्रमुख क्षेत्र भएको कांग्रेस नेता फरमुल्लाह मन्सुरले बताए ।

‘कांग्रेसले सात सालदेखि लोकतान्त्रिक आन्दोलनको नेतृत्व गर्दै आयो । ०१७ मा प्रजातन्त्रको अपहरण हुँदा पनि कांग्रेस अघि बढ्यो । ०४६, ०६२/६३ को आन्दोलन पनि कांग्रेस नेतृत्वमा भयो,’ उनले भने, ‘लोकतन्त्रमा विश्वास गर्ने पुरानो पार्टी भएपछि आन्दोलन, निर्वाचन सबैमा मधेसबाट कांग्रेसलाई सहयोग, सक्रियता रहँदै आएको छ, यो तराईसँग हाम्रो कनेक्सन हो ।’ आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया