कांग्रेसभित्र देउवा गुट फुट्दै

काठकमाडौं ३० भदौ

गुट उपगुटमा विभाजित नेपाली कांग्रेसभित्र कायम रहेको १३औं महाधिवेशनपछिको समीकरण विभाजित हुँदै गएको छ ।

पार्टीको प्रभावशाली भातृ संगठनको महाधिवेशन सुरू भएसँगै सभापति शेरबहादुर देउवाले भित्रिया गुटका नेतालाई बढी प्राथमिकता दिएको भन्दै देउवा पक्षका प्रभावशाली नेताहरू छुट्टै गुट बनाउने गृहकार्यमा लागेका छन् ।

१३औं महाधिवेशनअघि कांग्रेसभित्र कोइराला र देउवा दुई गुट मात्र थियो । त्यतीबेला संस्थापन पक्षका कोइराला समूहले ६० प्रतिशत र देउवा समूहले ४० प्रतिशतको भागबण्डामा पार्टीभित्रको आन्तरिक व्यवस्थापन गरिन्थ्यो ।

तत्कालिन सभापति शुसील कोइरालाको निधन भएपछि संस्थापन पक्षको नेतृत्व वरिष्ठ नेता रामचन्द्र पौडेलले गरेका थिए । पार्टीको महाधिवेशनमा अर्का नेता कृष्णप्रसाद सिटौलाले पनि प्रभावशाली गुट बनाएका थिए । आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया