कांग्रेस–माओवादीबीच यस्तो छ भित्री सहमति
काठमाडौं–२ श्रावण
कांग्रेस–माओवादीबीच गठबन्धन निर्माण गर्नुअगावै भावी सरकारको नेतृत्व र स्वरूपलगायतका विषयमा भित्री सहमति भइसकेको छ । कति मन्त्रालय कसले राख्ने भन्ने सहमति जुटेर कुन मन्त्रालय कसले राख्ने भन्नेमा अहिले छलफल चलिरहेको छ ।
त्यसको टुंगो लगाउने जिम्मा पाएका दुवै पार्टीका दोस्रो तहका नेताहरू अहिले छलफलमा छन् । स्रोतका अनुसार कांग्रेसले १३ र माओवादीले नौ मन्त्रालय राख्ने सहमति भएको छ । बााकी मन्त्रालय गठबन्धनमा आउने अन्य दललाई दिने सहमति भएको छ ।
देउवा–प्रचण्डबीच नयाा सरकारको समीकरण बनाउँदा मन्त्रालय टुक्रयाएर भागबन्डा नलगाउने सहमति भएको छ । प्रधानमन्त्री केपी ओलीले सरकार विस्तारका क्रममा टुक्रयाएका मन्त्रालयलाई पनि एकै ठाउामा गाभ्ने सहमति दुई नेताले गरेका छन् ।
‘मन्त्रालय टुक्रयाउने गरी मन्त्रिपरिषद् बनाउादैनौा, ओलीजीले टुक्रयाउनुभएको मन्त्रालय पनि एकै ठाउामा गाभ्ने सहमति गरेका छौा,’ माओवादी उच्च स्रोतले भन्यो । ओलीले कृषि मन्त्रालयलाई टुक्रयाएर कृषि र पशुपंक्षी, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई टुक्रयाएर वाणिज्य र आपूर्ति मन्त्रालय बनाएका थिए । त्यस्तै, खानेपानी तथा सरसफाइ मन्त्रालय पनि बनाएका थिए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया