कांग्रेस र एमालेले असहयोग गरे : प्रधानमन्त्री

बिजनेसपाटी ४ कार्तिक

प्रधानमन्त्री पुष्पकमल दाहालले आन्दोलनरत शक्ति एवं मित्रराष्ट्रको भावना र सबै पक्षको प्रतिनिधित्व हुने गरी संशोधन विधेयक ल्याउन लागे पनि सत्ता गठबन्धनकै कांग्रेस र प्रतिपक्षी एमालेले असहयोग गरेको आरोप लगाएका छन् ।
माओवादी केन्द्र संसदीय दलको बुधबार बिहान बसेको बैठकमा प्रधानमन्त्रीले गणतन्त्र संस्थागत गर्न संविधान कार्यान्वयन अपरिहार्य रहेको भन्दै यसमा कांग्रेस–एमालेको असहयोग हुनु दुःखद् भएको बताए ।आजको अन्नपुर्ण पोष्टमा खबर छापिएको छ ।
प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘संविधान संशोधनका लागि असन्तुष्ट पक्ष मधेसी, थारू, आदिवासी,जनजातिलगायत राष्ट्रभित्रका शक्ति र मित्र राष्ट्रहरूको भावनालाई समेट्नु अनिवार्य छ ।
स्रोतले भन्यो, ‘संशोधनका लागि आफूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगत्बाट सहयोग र सुझाव आए पनि सत्तारूढ दल कांग्रेस र प्रमुख प्रतिपक्षी एमालेबाट सहयोग छैन ।
दलको कार्यालयमा भएको बैठकमा दाहालले सत्ता सञ्चालनमा कांग्रेसबाट ठूलो असहयोग भएको समेत बताएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया