काउलिमा भेटियो अत्याधिक विषादी

काठमाडौ १३ फागुन, २०८१ । कालीमाटीको काउलीमा अत्यधिक विषादी भेटिएको छ । विभिन्न ठाउँबाट कालीमाटी तरकारी बजारमा संकलन गरिने तरकारीहरुको बेला बेला जाँच गरिन्छ । त्यस्तै धादिङबाट विक्रीका लागि काठमाडौंको कालिमाटीमा ल्याइएको तरकारीमा ९७.६२३ प्रतिशत अर्गानोफस्फेट नामक हानिकारक विषादी भेटिएको छ । कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिका अनुसार यस अघि काभ्रेको काउलीमा पनि यस्तै किसिमको विषादी भेटिएको थियो ।
आज (मंगलबार) केन्द्रीय कृषि प्रयोगशालाले कालीमाटी तरकारी तथा फलफूल बजारका १८ वटा तरकारी पसलको अनुगमन तथा परीक्षण गरेको थियो । उक्त पसलमा विक्रीका लागि राखिएको काउलीमा परीक्षणका क्रममा अत्यधिक विषादी भेटिएपछि खान अयोग्य ठह¥याएको छ ।
अनुगमन समितिले बजारमा कार्वामेट र अर्गानोफस्फेट नामक कीटनाशक विषादीको पात्र परीक्षण गरिँदै आएको छ । यस प्रकारको विषादी ४५ प्रतिशतभन्दा बढी खान अयोग्य र ४५ प्रतिशत चाहिँ केही दिन राखेर खान मिल्ने हुन्छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया