काजोलले फेसबुक मुख्यालयमै पुगेर यस्तो घोषणा गरिन्

काठमाडौँ ११ अशोज
काजोलले फेसबुक चलाउन सुरु गरेकी छिन् । २४ सेप्टेम्बरदेखि उनी नेटवर्किङ साइट फेसबुकमा जोडिएकी हुन् ।

क्यार्लिफोर्नियास्थित फेसबुक मुख्यालयमा पुगेर उनले आफ्नो फेसबुक पेजको बनाएकी थिइन । उनले यो खबर आफ्ना फ्यानहरुलाई ट्वीटरबाट जानकारी दिएकी थिइन ।
अभिनेत्री काजोल अहिले आफ्ना पति अजय देवगनको आसन्न फिल्म ‘शिवाय’को प्रचारमा ब्यस्त छिन् ।

उनले ट्वीटरमा लेखेकी छन्, ‘अब म फेसबुकमा पनि छु, र धेरै उत्साहित छु कि फेसबुक मुख्यालयमा यो घोषणा गर्ने मौका मिल्यो । शानदार यात्रा लागि तपाईहरुलाई धन्यवाद ।’

४२ वर्षीया काजोल फेसबुक पेज लन्चको अवसरमा उपस्थित रहेका आफ्ना पतिको फोटो पनि सार्वजनिक गरिन् । काजोलले एक भिडियोसँगै फेसबुकमा आफ्नो पहिलो कदम राखेकी हुन् । जसमा उनी कारमा बसेर आफ्ना प्रशंसकहरुसँग कुराकानी गरिरहेको देखिन्छिन् ।

भिडियोमा पनि उनी काफी उत्साहित देखिन्छिन् । भिडियोमा उनले आफ्नी आमा तनुजालाई जन्मदिनको शुभकामना पनि दिएकी छिन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया