काठमाडौंमा छिटफुट वर्षा : हुम्लामा हिमपात

काठमाडौं १६ फागुन, २०८१ । आज (विहीबार) काठमाडौं उपत्यका लगायत वरपरका क्षेत्रमा छिटपुट वर्षा भएको छ । पश्चिमी वायु सक्रिय हुँदा आज बेलुकासम्म काठमाण्डौलगायत उत्तरी पूर्व भागमा हल्का वर्षा हुने अनुमान मौसमविद्हले गरेका छन् ।
यसबाहेक सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरै ठाउँमा हिजो साँझदेखि नै हल्कादेखि मध्यम वर्षा भइरहेको र आज विहानैदेखि कतिपय स्थानमा हिमपात समेत भएको छ ।

हुम्लाका उच्च पहाडी क्षेत्रमा बाक्लो हिउँ जमेको छ । जिल्लाको नाम्खा गाउँपालिकाको कतिपय स्थानमा बाक्लो हिउँ जमेको छ भने जिल्लाको दक्षिणी भेगतिर आज विहानै देखि वर्ष भइरहेको कारण जनजीवन प्रभावित बनेको छ ।

यस वर्ष अहिलेसम्म हिउँदे वर्षा हुन नसक्दा निराश बनेका किसानहरुलाई राहत भएको छ ।

देशका सबैजसो ठाउँमा भोलि विहानदेखि क्रमिक रुपमा मौसम सुधार हुने मौसमविदहरु बताउँछन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया