काठमाडौंमा तीन सय ८२ घर डुबानमा,१३८ जनाको उद्धार

काठमाण्डौ २१ भदौ २०७८ । अविरल वर्षापछि आएको बाढीले काठमाडौंमा तीन सय ८२ घर डुबानमा परेको छ।एक सय ३८ जनालाई प्रहरीले उद्धार गरेको छ ।गएरातिदेखि परेको वर्षाका कारण खोला किनारका बस्ती डुबानमा परेका हुन् । ती बस्तीका बासिन्दा जोखिममा परेपछि प्रहरीले उद्धार गरेर सुरक्षित स्थानमा लगेर राखेको हो । कुलेश्वर, कालिमाटी तरकारी बजार क्षेत्र, बल्खु, नेपालटार, शंखमुललगायत क्षेत्र डुबानमा परेको छ।भारी वर्षा भएसँगै बागमती नदीमा जल सतह बढेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया