काठमाडौं उपत्यकामा आज ४५ कोरोना संक्रमित भेटिए

काठमाण्डौ१५ साउन २०७७।

काठमाडौं उपत्यकामा आज बिहीबार ४५ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा  ४५ संक्रमित थपिएको जानकारी दिए । आज काठमाडौंका ४१ जना, ललितपुरका २ जना र भक्तपुरका २ जना कोरोना संक्रमित भेटिएका छन् ।

त्रिवि शिक्षण अस्पताल काठमाडौंका ४ जनामा,  राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका १९ र भक्तपुरका २ जनामा, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालम गरिएको परीक्षणम काठमाडौं १३  कोरोना जनामा, नेपाल प्रहरी अस्पतालको प्रयोगशाला महाराजंगञ्जमा गरिको पीसीआर परीक्षणमा ३ जना र स्टार अस्पताल सानेपामा काठमाडौंका २ जना र ललतिपुरका २ जनामा कोरोना संक्रमण देखिएको डा. जागेश्वर गौतमले जानकारी दिए ।

त्यसैगरी आज बिहीबार २७४ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया