काबुलबाट फर्केका सुरक्षा अधिकारीको निष्कर्ष : धम्की लुकाइँदा आक्रमण

काठमाडौं–१० असार

अफगानिस्तानमा सुरक्षा गार्ड उपलब्ध गराउँदै आएको सेक्युरिटी कम्पनीले तालीवानी समूहलाई धम्कीपछि पैसा नबुझाउँदा काबुल घटना भएको त्यहाँ पुगेर फर्किएको नेपाली टोलीले निष्कर्ष दिएको छ ।

घटनाअघि नै तालिवानी समूहले सुरक्षा कम्पनीसँग मोटो रकम मागेको र उक्त रकम नदिएपछि पूर्वजानकारी दिएरै आक्रमण गरेको टोलीमा संलग्न अधिकारीले आफ्नो माथिल्लो निकायलाई ब्रिफिङ गरेका हुन् ।

काबुलमा १३ नेपालीको ज्यान जाने गरी सोमबार भएको बम बिष्फोटमा तालिबानी समूहले मागेको ‘एक्ट्रोसन मनि’ (धम्क्याएर पैसाँ उठाउने) नदिँदा भएका आँकलन त्यहाँ पुगेर फर्किएको टोलीले गरेको हो । आजको नागरिक दैनिकमा खबर छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया