काभ्रेपलाञ्चोकमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न

बिजनेसपाटी ६ चैत्र
रायमाझी कुलदेवता समितिको आयोजनामा काभ्रेपलाञ्चोकको भीमभेदी–५, माम्तीमा आरोग्य स्वास्थ्य सदन (नेपाल बाथरोग उपचार केन्द्र, जावलाखेल ), काठमाण्डौ मेडिकल कलेज र लायन्स क्लव अफ काठमाण्डौ निर्भानाको सहयोगमा शनिवार निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । वरिष्ठ बाथरोग विशेषज्ञ डा केशवराज सिग्देलको टोली सहित २३ जना डाक्टरको टोलीले शिवरमा विरामीका लागि निशुल्क सेवा प्रदान गरेका हुन् ।kaa

शिविरमा ९ सय भन्दा बढी विरामीहरुका लागि बाथरोग, जर्नरल फिजिसियन, स्त्री रोग, बाल रोग, डेन्टल, आँखा रोगको निशुल्क सेवा प्रदान गरिएको आरोग्य स्वास्थ्य सदनमा कार्यरत डा केशवराज सिग्देलले बताए । शिविर शनिवार एक दिन मात्र सञ्चालन भएको थियो । सामाजिक उत्तरदायित्व वहन गर्ने सोच लिएर शिविर सञ्चालन गरिएको डा सिग्देलले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया