कामना सेवाकोे ६९औं शाखा झापाको दमकमा

कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तारको क्रममा झापा जिल्ला, दमक नगरपालिकाको ६ सन्तविर चोकमा यही फागुन २७ गते आफ्नो ६९औं शाखा कार्यालय स्थापना गरि कारोबार शुभारम्भ गरेको छ । बैंकका संचालक समिति सदस्य भिम प्रसाद तुलाचन तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा कारोबार शुभारम्भ गर्नुभएको थियो । प्रमुख कार्यकारी अधिकृत बस्नेतले उक्त शाखा प्रदेश १ को दोस्रो शाखा भएको र थप सात शाखाहरु पनि शीघ्र सञ्चालनमा ल्याउने आगामी रणनीतिको बारेमा समेत जानकारी गराउनु भयो ।
काठमाडौं ३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा ६८ वटा शाखा कार्यालयहरु तथा २० वटा ब्त्ः मार्फत आफना गा्रहकहरुलाई सेवा प्रदान गर्दै आएको छ । साथै बैंकले एबीबी एस, इन्टरनेट बैंकिङ्ग, मोवाइल बैंकिङ्ग, सी–ए एस बी ए लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया