कामना सेवा विकास बैंककोे ९७ हजार ७९३ कित्ता शेयर बिक्रीमा

काठमडौं, फागुन २१, २०८१ । आजदेखि कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो ९७ हजार ७९३ कित्ता शेयर लिलाम प्रक्रिया मार्फत् बिक्रीमा ल्याएको छ।
इच्छा हुने सर्वसाधारण जोसुकैले पनि उक्त शेयर किन्न पाउने बैंकले जनाएको छ । लिलाम शेयर सबैले पाउने गरी बिक्रीमा ल्याएको हो। उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। इच्छुक शेयर खरिदकर्ताले आवेदन दिँदा सम्पूर्ण ९७ हजार ७९७ कित्ता नै खरिदका लागि आवेदन दिनुपर्ने बैंकले जनाएको छ।
खरिदका लागि फागुन २१ गतेदेखि २८ गतेभित्र गोप्य शिलबन्दी बोलपत्र पेश गरिसक्नुपर्ने समेत सूचनामा उल्लेख छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया