कामना सेवा विकास बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं ७ फागुन २०८१ । कामना सेवा विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ ।
बैंकले विभिन्न संस्थापक शेयरधनीको नाममा रहेको कुल ३० हजार ३४१ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो । उक्त शेयर हाल बैंककै कायम शेयरधनीले मात्रै खरिद गर्न पाउने व्यवस्था गरिएको छ ।
शेयर खरिद गर्न इच्छुक शेयरधनीले आवश्यक कागजातसहित ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय ज्ञानेश्वर, काठमाडौंमा निवेदन दिनुपर्नेछ ।
साथै तोकिएको समयभित्र विद्यमान संस्थापकहरूबाट आवेदन नपरेमा सो शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने पनि बैंकले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया