कामना सेवा विकास बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं, फागुन २७ । नेपाल राष्ट्र बैङ्कको वर्गिकरण अनुसार ख वर्गमा रहेको कामना सेवा विकास बैंक लिमिटेडले पुनः १ लाख ११ हजार ४५३ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।
हाललाई संस्थापक शेयरधनीहरूले मात्र किन्न पाउने गरी बैंकले उक्त शेयर बिक्रीमा ल्याएको हो । इच्छुक संस्थापक शेयरधनी महानुभावहरूले आगामी ३५ दिनभित्र काठमाडौंको ज्ञानेश्वरस्थित बैंकको केन्द्रीय कार्यालयमा आफूले किन्न चाहेको शेयर विवरण खुलाई निवेदन दिनु पर्ने हुन्छ ।
त्यसैगरी तोकिएको ३५ दिने म्यादभित्र संस्थापक शेयरधनीमहानुभावहरूबाट शेयर खरिदका लागि आवेदन नपरेको खण्डमा उक्त शेयर सर्वसाधारणलाई बिक्री गरिने कामना सेवा विकास बैंकले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया