कामना सेवा विकास बैंक र नेपाल लाईफ इन्स्योरेन्सबीच बैंकासुरेन्स

बिजनेसपाटी २६ माघ ।

कामना सेवा विकास बैंक लिमिटेड र नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच शुक्रबार बैंकान्स्योरेन्स सम्बन्धी सेवा आदान प्रदान गर्ने गरि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार अब बैंकका ग्राहकहरुले मुलुकभर फैलिएको ६३ वटै शाखाहरुबाट सहज रुपमा नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जीबन बीमा पोलिसिहरु खरिद गर्न सक्नेछन् । सम्झौतासँगै बैंकको व्यावसाय प्रवर्धनमा सहयोग पुग्नुका साथै ग्राहकहरु लावाविन्त हुने बैंकले जनाएको छ ।
सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत प्रविण वस्नेत र नेपाल लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले हस्ताक्षर गर्नुभएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया