कामना सेवा विकास बैंक र सिडिएससि बीच निक्षेप सदस्यता सम्बन्धी सम्झौता

काठमाण्डौ २५ साउन २०७८ ।

कामना सेवा विकास बैंक र सिडिएससि बिच निक्षेप सदस्यता सम्बन्धी सम्झैता सम्पन्न भएको छ । अब कामना सेवा विकास बैंकले पनि निक्षेप सदस्यको हैसियतले र्सवसाधारणलाई सेवा सुविधा प्रदान गर्ने भएको छ । पुतलीसडक स्थित सिडिएससिको कार्यलयमा एक कार्यक्रमका बिच सिडिएससिको तर्पmबाट प्रमुख कार्यकारी अधिकृत पूर्ण प्रसाद आर्चाय तथा बैैंकका तर्पmबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको थियो।
हाल सिडिएससि बाट ७८ वटा संस्थाहरुले निक्षेप सदस्यता प्राप्त गरेका छन । बैंकले निक्षेप सदस्य सम्बन्धी कार्यहरु शीघ्र संञ्चालनमा ल्याउने योजना बनाएको छ ।
काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा १२९ वटा शाखा, एक विस्तारीत शाखा लगायत ७० वटा ब्त्ः मार्फत ग्राहकहरुलाई आफनो सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ । यस बैंकले क्यअष्ब िःभमष्ब द्यबलपष्लन, प्क् ष्ःयदष्भि, जस्ता विभिन्न म्ष्नष्तब िमाध्यमहरुबाट समेत ग्राहक महानुभावहरुलाई सरल, सहज र उत्कृष्ट बैकि¬ङ सेवा प्रदान गर्दै आएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया