कारोबार केहि सुधारिए पनि नेप्सेमा ३.८८ अंकको गिरावोट

बिजनेसपाटी २३ श्रावण 

नेप्से आइतबार अन्तिम सामयमा आएर ३.८८ अंक घटेर कारोबार बन्द भएको छ । तर कारोबार रकममा भने केही सुधार देखिएको छ । आज आइतबार दिनभरीमा एक अर्ब ५३ करोड रुपैयाँको किनबेच भएको छ ।

आज होटल, विकास बैंक, फाइनान्स र अन्य सुचक हरियो भएरै बन्द भएका थिए ।  सुरुदेखि हरियो रहेको बैंक तथा बिमा समूह भने अन्तिममा रातो भए । बैंकिङ समुह ७.२६ अंकले घट्यो भने बिमा समुह ५८.४ अंकले घटेर बन्द भयो । आज कारोबारमा आएका अन्य सुचक भने करिव १८ अंकले उक्लिएको छ ।

आइतबार बजारमा एनबी बैंकको ११ करोड ५३ लाख, नेपाल बैंकको १० करोड ७६ लाख र सिद्धार्थ बैंकको१० करोड ६५ लाख रफैयाँको किनबेच भएको छ भने एभरेष्ट बैंकको ८ करोड ७४ लाख बराबरको  कारोबार भएको छ ।

आजको कारोबारमा माउन्ट मकालु, किसान माइक्रोफाइनान्स र कन्काइ विकास बैंकको सेयर मूल्य १० प्रतिशतले बढेको छ । तर ओमी माइक्रोफाइनान्सको ९.६७ प्रतिशतले बढेको छ । आज बढी गुमाउनेमा वोटलर्स, एनएमबी माइक्रोफाइनान्स र महिला सहयात्राका लगानीकर्ता रहेका छन्  ।

फेसबुकबाट तपाईको प्रतिक्रिया