कार्कीले एमालेका नेता धम्क्याउन थालेपछि महाअभियोग

काठमाडौं ५ कार्तिक ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख लोकमानसिंह कार्कीले आफूविरुद्ध अदालतमा विचाराधीन मुद्धा प्रभावित गर्न दबाब दिन थालेपछि उनीविरुद्ध संसदमा महाअभियोग प्रस्ताव लैजानुपरेको एमाले नेताले बताएका छन् ।  ‘अदालतको मुद्धा प्रभावित गर्न पार्टीका नेताहरुलाई धम्क्याउने काम कार्की पक्षबाट सुरु हुन थालेपछि महाभियोग प्रस्ताव दर्ता गराएका हौं’ एमालेका एक नेताले भने ‘कार्की राजनीतिक अस्थिरताको कारण बन्न सक्ने, उनले संविधान कार्यन्वयनमा समस्या सिजर्न गर्न सक्ने देखेर पनि यस्तो निर्णयमा पुगेका हौं ।’

कार्कीको योग्यता सम्बन्धी मुद्धा सर्वोच्च अदालतमा विचाराधीन छ । एमालेका नेताहरुले कार्कीको कार्यशैलीप्रति सुरुदेखि असन्तुष्टि जनाउँदै आएका थिए । एमालेका केही नेताले अख्तियार प्रमुखमा कार्कीको नियुक्ति सिफारिस रोक्न माग गर्दै तत्कालीन राष्ट्रपति रामवरण यादवलाई समेत भेटेका थिए । नियुक्ति लगत्तै कार्कीले एमाले लक्षित कारबाही थालेपछि पार्टीभित्र असन्तुष्टि चर्किएको थियो । एमलेको आन्तरिक गुटबन्दीमा समेत प्रभाव पार्ने गरी कार्कीले चलखेल गरेको आरोप विगतमा लागेको थियो ।

सुशील कोइराला नेतृत्वको सरकाका एमाले मन्त्री राधा ज्ञवाली र पुरुषेत्तम पौडेललाई अख्तियारले कारबाहीका लगि पत्र काटेपछि एमालेभित्र कार्कीको कार्यशैलीलाई लिएर असन्तुष्टि चुलिएको थियो । आजको नागरिक दैनिकमा समाचार छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया