कालाबजारी गर्ने अब जेल जानुपर्ने

काठमाडौँ २३ श्रावण

विषादी प्रयोग गरेर उपभोग्य वस्तु उत्पादन र विक्री गर्नेलाई अब ५ बर्षसम्म कैद हुने भएको छ । सरकारले मंगलबार संसदमा दर्ता गराएको उपभोक्ता संरक्षणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा उपभोक्ताको स्वास्थ्यमा हानी पुर्याउनेलाई कारवाही व्यवस्था गरिएको हो । यसअघि उपभोक्तालाई गुणस्तरहीन वस्तु उत्पादन र विक्रि गर्नेले छुट पाउँदै आएका थिए ।

संविधानका मौलिक हकअन्र्तगत रहेको उपभोक्ताको हक कार्यन्वयनका लागि ल्याउन लागिएको विधेयकमा तोकिएको गुणस्तरभन्दा घटी वा बढी भएको कुनै वस्तु र सेवा उपभोग गरेर उपभोक्तालाई नोक्सानी भएमा कसुर गरेको मानिने उल्लेख छ ।, आजको कान्तिपुर दैनिकमा यो खबर छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया