कालिकोटमा पहिरो: २० घर बगाउदा ३ जनाको मृत्यु

 

जेठ ७ ।

कालिकोटको कोटवडा– ६ को गेज बजारमा  भिषण पहिरो गएको छ । पहिरोले २० घर बगाएको र तीन जनाको मृत्यु भएको बुझिएको छ । अन्य तीन जना बेपत्ता भएका छन् । घटनास्थलमा प्रहरी प्रस्थान गरिसकेको छ ।

बिहीबार साँझबाट परेको वर्षाका कारण कालिकोटको कोटवाडा गाविसमा पर्ने गजबजार र लालिघाटमा पहिरो गएको हो । घाइतेलाई उपचारको लागि कालिकोट स्थिति जिल्ला अस्पताल ल्याएको छ । एक्कासी ठूलो मात्रामा परेको अविरल वर्षापछि आएको बाढीमा ५० करोड भन्दा बढीको क्षति भएको अनुमान गरिएको छ । बिस्तृत विवरण आउन बाकी छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया