कालोधन छानमिन हुदै, अब सेयर बजार बलियो हुने

विजनेशपाटी १६  माघ ।

धितोपत्र बजारमा लगानी गरिरहेका निजी लगानी कम्पनीहरुलाई नेपाल धितोपत्र बोर्डले समेत नियमनको दायरामा ल्याउने भएको छ । बोर्डले धितोपत्र बजारमा संस्थागत लगानीकर्ता तथा धितोपत्र व्यापारीकको अभावपूर्ति गर्न धितोपत्र बजारमा लगानी गरिरहेका यस्ता निजी कम्पनीहरुलाई व्यवस्थित गरी नियमन गर्ने भएको हो ।

एउटै व्यक्तिको नाममा रहेको दुई दर्जन इन्भेष्टमेन्ट कम्पनीले शेयर बजारलाई प्रभावित पार्नका लागि कृत्रिम कारोबार समेत गरिरेहको पाइएको छ । यसरी जथाभाबी इन्भेष्टमेन्ट कम्पनी खोल्ने र सोहिबाट शेयर बजारमा कालोधन समेत भित्रिएको आंशकामा बोर्डले अनुसन्धान गरेको थियो ।

धितोपत्र बोर्डले गरेको एक प्रारम्भिक अध्ययन अुनसार हाल बजारमा हाल डेढ हजारको संख्यामा निजी लगानी कम्पनीहरुले धितोपत्र बजारमा लगानी गरिरहेको देखिएको छ । यस्ता अधिकांश कम्पनीहरुको लगानीको उद्देश्य धितोपत्र बजारमा गर्ने नरहेको पाइएको पनि बोर्डले जनाएको छ । धितोपत्र बजारमा लगानी गर्ने उद्देश्य नरहेपनि लगानी गरिरहेको पाइएपछि बोर्डले नियमनको लायरामा ल्याउने भएको हो । शेयरबजार सप्ताहिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया