काष्ठमन्डप डेभलपमेन्ट बैंकको पश्चिमाञ्चल फाइनान्स खरीद गर्ने सम्झौता

बिजनेसपाटी सम्बाददाता

काठमाडौं २५ जेस्ठ ।

केही दिनअघि महाकाली विकास बैंक खरीद सम्झौता गरेको  काष्ठमण्डप डेभलमपेन्ट बैंकले पश्चिमाञ्चल फाइनान्स कम्पनीलाई पनि खरीद गर्ने सम्झौता गरेको  छ । दुबै संस्थाबीच एक्विजिसन गर्ने सम्झौता भएको छ । सम्झौतामा काष्ठमण्डप डेभलमपेन्ट बैंकका अध्यक्ष जगन्नाथ ज्ञवाली र पश्चिमाञ्चलका अध्यक्ष गोपालवहादुर पोखरेलले हस्ताक्षर गरेका छन् । राष्ट्र बैंकद्वारा जारी निर्देशन बमोजिम २०७४ आषाढ मसान्तसम्म राष्ट्रिय स्तरको विकास बैंकका लागि निर्धारित २ अर्ब ५० करोड पुँजी पुर्याउने क्रममा दुई संस्था बीच खरीद बिक्री सम्झौता भएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया