किन खानु पर्छ डल्ले खुर्सानी ?

एजेन्सी ११ भाद्र ।
डल्ले अर्थात रातो खुर्सानी ग्यास्ट्रिक तथा अल्सरका विरामीका लागि औषधिका रुपमा प्रयोग हुने गरेको छ ।

विशेष गरेर अकबरे खुसार्नी हालेर बनाइएको परिकारमा किटाणुको संक्रमण कम हुन्छ दिनभरी काम गर्दाको थकाइ पनि यसले मेटाउँछ ।

डल्ले खुर्सानीको नियमित प्रयोगले ग्यास्ट्रिक तथा अल्सर जस्ता रोगको लागि उपयोगी सिद्ध हुने विज्ञहरुले बताएका छन् ।

डल्ले खुर्सानीमा पाइने क्याप्सिसिनका कारण यस्ता रोगीका लागि यो खुर्सानी उपयोगी मानिन्छ ।

साथै डल्ले खुर्सानीको नियमित सेवनले शरीरको मोटोपन घटाउन सहयोग गर्छ । साथै रगतमा चिनीको मात्रा घटाउछ । डल्ले खुर्सानी पिसाबको बिरामीलाई लाभदायक मानिन्छ । हाम्रो शरीरको हाडजोर्नी लगायतका दुखाइलाई पनि क मगर्ने विज्ञहरु बताउँछन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया