किन छ ट्रम्पको मानसिक अवस्थाबारे विवाद ?

काठमाडौं ८ फागुन ।

बीबीसी

अमेरिकामा अर्बौं डलरको बिजनेस चलाइरहेका डोनाल्ड जे  ट्रम्पले अनुभवी राजनीतिक प्रतिद्वन्द्वीलाई समेत माथ दिएर अमेरिकाको शक्तिशाली पद प्राप्त गर्न सफल भएका थिए ।
तर यस्तो अविश्वसनीय सफलता हाँसिल गर्न सफल भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मानसिक अवस्थालाई लिएर अमेरिकी बिज्ञहरुबीच बहस चलेको छ ।
दर्जनौ मानिसहरुले ट्रम्पको मानसिक अवस्थालाई लिएर एक खुलापत्र लेखेका थिए । यसमा ट्रम्पमा भावनात्मक रूपमा अस्थिरता उत्पन्न भएको र त्यसका कारण राष्ट्रपति बन्नका लागि योग्य नरहेको दाबी गरिएको छ ।
हुनत ट्रम्पको मानसिक स्थितिको बारेको बहस कुनै नयाँ होइन । गतवर्षको नोभेम्बरमा पहिलो पटक यस बिषयमा बहस सुरु भएको थियो । तैपनि मनोवैज्ञानिकहरुले ट्रम्पको मानसिक अवस्थाको बारेमा सार्वजनिक रुपमा टिका टिप्पणी भने गरेका थिएनन् । ती मनोवैज्ञनिकहरुले ‘गोल्डवाटर नियम’ को पालना गर्दै सार्वजनिक रूपमा उक्त नियमअनुसार मनोवैज्ञानिक  कुनै पनि ब्यक्तिमाथि निजी धारणा सार्वजनिक गर्न सक्दैनन् । यो कसरी बन्यो भन्नेमा पनि एक इतिहाँस छ ।
सन् १९६४मा एक पत्रिकाले रिपब्लिकन पार्टिका उम्मेदवार ब्यारी गोल्डवाटर मनोवैज्ञानिक रूपमा राष्ट्रपति बन्न योग्य नभएको भन्दै विज्ञहरुले प्रश्न उठाएका थिए ।
अमरिकन साइकेट्रिक एसोसिएशन (एपीए)ले गतवर्ष ट्रम्पमाथि यस्तो टिप्पणी गर्नु उक्त नियमको उल्लंघन हुने भन्दै चेतवानी दिएका थिए ।
एपीएले राष्ट्रपति चुनावको अवधीमा कुनै पनि उम्मेदवारको मनोविज्ञानको विश्लेषण गर्न नसकिने र यस्तो गरेमा सो काम नियमको उल्लंघन र गैरजिम्मेवार काम हुने बताइएको छ ।
तैपनि केहि बिज्ञहरु यस बिषयमा खुलेर धारणा राख्ने काम जारी राखेका छन् । उनीहरुले ट्रम्पलाई हटाउनुपर्ने माग गर्दै एक याचिकामा हस्ताक्षर गरेका छन् ।
यसमा अहिलेसम्म २३ हजार हस्ताक्षर भइरहेको बताइएको छ । केहि व्यक्तिहरुले ट्रम्प नासिसिस्टिक पर्सनालिटी डिसअर्डर (एनपीडी) बाट पीडित भएको बताएका छन् ।
साइकोलोजी टुडेका अनुसार यस्ता मानिसहरुमा आडम्बरको बोझ हुन्छन् । अरुप्रति सदासयता राख्दैनन् र अरुबाट तारिफको आश राख्छन । साथै उनीहरुलाई सबैभन्दा उत्कृष्ट रहेको र उनीहरुप्रति फरक व्यवहार हुनुपर्ने ठान्छन् । उनीहरु प्रशंसा पाउन र ध्यान आकर्षित गराउन उद्धत रहन्छन र आलोचनाबाट दुखि हुन्छन र उसप्रति प्रहार गर्न खोज्छन् ।
न्यु योर्क टाइम्समा पठाएको एक पत्रमा ३५ मेन्टल हेल्थ प्रोफेशनलहरुले ट्रम्प भावनात्मक रूपमा अस्थिरताको शिकार भएको चेतावनी दिएका छन् । यो कुरा ट्रम्पको भाषण र काम कारवाहीबाट झल्कने बताएका छन् । यसकारण राष्ट्रपतिले आफ्नो भूमिका सुरक्षित हिसाबले निर्वाह गर्न नसक्ने जोखिम रहेको बताएका छन् ।
यसमा गोल्डवाटर नियमका कारण विशेषज्ञहरु अहिलेसम्म चुप लागेको तर अब उनीहरुले आवाज उठाउनुपर्ने बताएका छन् ।
“यस बिषयमा चुप लागेर बस्नु भनेको असफलता हो । त्यसैले योसँग धेरै बिषय जोडिएको हुनाले हामी डराइरहेका छौं । र यो बिषयमा लामो समयसम्म चुपलागेर बस्न सकिँदैन,” सो पत्रमा लेखिएको छ, “ट्रम्पको भाषण र कामबाट स्पस्टरुपमा आफूसँग असहमति राख्नेहरुलाई बाँकी राख्दैनन । अरुप्रति समवेदना राख्ने प्रवृत्ति नै छैन ।’’

फेसबुकबाट तपाईको प्रतिक्रिया