किन पड्किन्छ सिलिन्डर ?

काठमाडौं-४ असार

ललितपुर उपमहानगरपालिका वडा नं. १९ हौगल टोलको इताछेंमा तामा तथा पित्तलको पाता जोड्ने पसलमा एचपी ब्रान्डको सिलिन्डर पड्किँदा जेठ ७ गते सुरेश ताम्राकार र ध्रुव ताम्राकारको ज्यान गयो। सोही सिलिन्डर विस्फोटमा घाइते भएका राजेश ताम्राकारको जेठ २९ गते उपचारका क्रममा ज्यान गयो ।

काठमाडौंको कालीमाटीमा पानीपुरी पकाइरहेको अवस्थामा सुगम ब्रान्डको सिलिन्डरको भल्ब लिक भएर आगलागी भई घाइते भएका भारत मोतीहारीका व्यवसायी विकु पण्डितको उपचारका क्रममा बिहीबार ज्यान गयो । उक्त दुर्घटनामा मोतीहारीकै रोहित कुमाल, लक्ष्मी साह, उमेश पण्डित, राजेश सिंह, राजेशका डेढ वर्षीय छोरा अनमोल सिंह र मकवानपुरका सुरेन्द्र बलामी घाइते भए ।

उद्योगी तथा उपभोक्ता स्वयंको लापरबाहीले भएका यी दुई प्रतिनिधिमूलक घटना मात्रै हुन्। यसअघि पनि विभिन्न समयमा ग्यास सिलिन्डर पड्केर सर्वसाधारणको ज्यान गएका दर्जनौं घटना छन् । नियमनकारी निकाय र उत्पादनकर्ता उद्योगीले इमानदारीपूर्वक आफ्नो जिम्मेवारी पूरा नगर्दा यस्ता घटना दोहोरिरहेका छन् । यसमा उपभोक्ताको लापरबाही पनि कारक छ।

समयमा ध्यान पुर्याउन नसक्दा सहरिया भान्छाकोठामा खाना पकाउने एकमात्र विकल्प ग्यास सिलिन्डर यतिखेर’सिलिन्डर बम’ मा रूपान्तरित हुँदै गएको छ । सानो असावधानीले कति बेला कसको भान्छाकोठामा सिलिन्डर बम पड्किने हो र कसको ज्यान जाने हो भन्ने विषयमा न उद्योगी जिम्मेवारी लिन चाहन्छन्, न त राज्य नै कडाइका साथ कारबाही गर्न चाहन्छ । यसले गर्दा यस्तो घटना दिनानुदिन बढ्दो क्रममा छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया