किन रुवाए रन्जितालाई प्रविनले ? (भिडियो सहित)

विजनेसपाटी २७ कार्तिक

अहिलेको इन्र्टरनेट पुस्तामा फेसबुक, टुइटर लगायतका सामाजिक सञ्जालले व्यापकता पाएको छ । सामाजिक सञ्जालको प्रयोगबाटै मायापिरतीमा बाँधिनेहरुको जमात बाक्लै भइसकेको छ । एक अर्काको तस्वीर हेर्दै, च्याट र भिडियो कलहरुमा रमाउँदै युवाहरुका कयौ रातहरु वित्न थालेका छन हिजोआज । यही सन्र्दभलाई जोडेर ‘टाटा टाढा भइयो त निरमाया, सँगै हुने कहिले ?’ बोलको अत्यन्त मार्मिक लोकगीत लिएर आएका छन् हरि विमर्शी र मिना थापा । गीतमा चर्चिच मोडल प्रविन चटौट र  रञ्जिता गुरुङको मार्मिक अभिनय रहेको छ । प्रेम थापाको निर्देशन, सुजन शाहीको सम्पादन र शम्भु चालिसेको छायाँङकन रहेको गीत हमाल म्युजिक प्रालिले बजारमा ल्याएको हो । हिजै मात्रै युटुबमा राखिएको गीत एकै दिनमा ३०  हजारले हेरिसकेको मोडल प्रविन चटौटले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया