किन हुन्छ हर्ट अट्याक ? यसरी बच्न सकिन्छ हर्ट अट्याकबाट !

बिजनेसपाटी
हर्ट अट्याक एक यस्तो विमारी हो, जो मानिसको ज्यानै लिन सक्छ । साधारणतया यो रोग वृद्धावस्थामा धेरै हुने गर्छ । तर, कयौं कारणहरुले गर्दा यो युवावस्थामा पनि मान्छेको मुटु रोगको समस्या देखिन्छ ।

आखिर किन हुन्छ हार्ट अट्याक ? हार्ट अट्याक बंशाणुगत गुणका कारण पनि हुन्छ । यसबाहेक आजभोलिको विलासी जीवनशैली, बोसोयुक्त खानेकुरा र धु्रमपानका कारण पनि मुटुमा चापपर्ने अत्याधिक सम्भावना हुन्छ ।

हाम्रो शरीर सुचारु रुपमा चल्नको लागि मुटुको सबैभन्दा महत्वपूर्ण योगदान हुन्छ । मुटुले हाम्रो शरीरका सबै भागमा रक्तसञ्चार गर्ने काम गर्छ । बढ्दो उमेरका साथसाथै हामी खराब जीवनशैलीका अपनाउँदैं जाँदा शरीरमा रक्त पठाउने धमनीहरु कमजोर हुँदैं जान्छन्, जसका कारण हामी हृद्धयमा आक्रमण हुने समस्यासँग जुध्नुपर्छ ।

विस्तारै—विस्तारै धमनीहरुमा कालो बोसो जम्न सुरु हुन्छ । जसका कारण मुटुसम्म रगत पु¥याउने एक वा बढी धमनीहरु अवरुद्ध भएर रगतको प्रवाह रोकिन्छ वा एकदमै कम गतिमा चल्छ । रक्त प्रवाह रोकिएपछि मुटुका मांसपेशीहरुलाई अक्सिजनको कमी हुन्छ । जसका कारण मुटुका मांसपेशीहरु आफ्नो नियमित खुम्चिने र फैलिने काम गर्न सक्दैनन् । त्यो नै हृद्धयघात हो ।

हृद्धयघातका लक्षणः
मुटुको गति तीब्र हुनु र श्वास फेर्न गाह्रो हुनु
छात्तीको बीचमा वा बायाँतर्फ दुख्नु । यस्तो दुखाई पटक—पटक अनुभूत हुनु ।
छालाबाट चिल्लो पदार्थ निस्कनु
गर्धन, कम्मर, काँध तथा बंगारामा समेत दुखाइ महसुस हुनु
छात्तीमा जलन हुनु
बढी पसिना आउनु
बान्ता हुनु
असामान्य थकान महसुस हुनु

यसरी बच्न सकिन्छ हर्ट अट्याकबाट
नियमित ब्यायाम गर्ने, सन्तुलित भोजनको आहार गर्ने, विलासी जीवनशैली कम गर्नेजस्ता कुराहरुले हार्ट अट्याकबाट बच्नका लागि सहयोग गर्छ । नियमित प्याज खानाले पनि रक्तप्रवाहलाई सन्तुलित गर्दछ । यस्तै गोलभेडामा पाइने भिटामीन सी, बिटा क्यारोटिन, लाइकोपिन, भिटामीन ए र पोटासियमजस्ता तत्वहरुले पनि मुटु रोगको जोखिमलाई न्युनीकरण गर्दछन् । यस्तै लसुन र गाजरले पनि मुटु रोगको जोमिख कम गर्दछन् ।
यसबाहेक निम्न उपाय अपनाउँदा पनि यो बिरामीबाट बच्न सकिन्छः
१) सन्तुलित आहार
२) नियमित ब्यायाम र सन्तुलित वजन
३) नियमति योगा अभ्यास
४) बोसोयुक्त, तारेको र भुटेको खाने कुराका कम सेवन
५) भोजनमा रेसादार खानेकुरा समावेस
६) नियमित फलफूल, सलाद र हरियो सागपात

फेसबुकबाट तपाईको प्रतिक्रिया