किसानलाई पेन्सन दिन १५ करोड बजेट
विजनेसपाटी सम्बाददाता
काठमाडौं ११ जेस्ठ ।
सरकारले किसानलाई पेन्सन दिन आगामी आर्थिक बर्षमा १५ करोड रुपैयाँ विनियोजन गर्ने भएको छ । अर्थ मन्त्रालयले कृषि मन्त्रालयको प्रस्तावमा ‘किसान पेन्सन फण्ड’का लागि बजेट विनियोजन गर्ने भएको हो ।
‘नेेपाल कृषि प्रधान देश हो, त्यसैले यहाँका किसानलाई प्रोत्साहित गर्न र कृषि पेसालाई मर्यादित बनाउन किसानलाई पेन्सन दिने नयाँ कार्यक्रमका लागि बजेटको व्यवस्था गरिएको छ,’ कृषि मन्त्रालयका अधिकारीले भने ।
कृषि क्षेत्रलाई सरकारले विषेश प्राथमिकतामा राखेर बजेट तयार गरिरहेको अर्थ मन्त्रालयका अधिकारी बताउँछन् । अग्र्यानिक खेतीमा सरकारले मोटो रकम अनुदानमा खर्च गर्दैछ ।
पेन्सन सुविधा कार्यान्यवनय भएसँगै युवापुस्ता कृषितर्फ आकषिर्त हुने सरकारको विश्वास छ । तर, जग्गा बाँझो राख्ने किसानले भने पेन्सन पाउने छैनन् ।
कृषि मन्त्रालयले किसान पेन्सनका लागि आवश्यक कार्ययोजनासहितको प्रस्ताव तयार गर्न हरि रोकालाई जिम्मेवारी दिएको थियो । रोकाले किसानलाई ४ वर्गमा बाँडेर पेन्सनको सुविधा उपलब्ध गराउने योजना तयार पारेका थिए ।
कसलाई कति पेन्सन ?
रोकाले तयार पारेको प्रतिवेदनमा किसानले वाषिर्क ५ हजार रुपैयाँ पि्रमियम जम्मा गरे ५५ वर्षपछि मासिक ४ हजार रुपैयाँ पेन्सनस्वरुप प्राप्त गर्न सक्नेछन् ।
मासिक ७ हजार वा वाषिर्क उत्पादनको १ प्रतिशतका दरले पि्रमियम बुझाएपछि ५५ वर्ष पश्चात् मासिक ५ हजार पेन्सन दिने कृषि मन्त्रालयको प्रस्ताव छ ।
प्रस्तावअनुसार पेटी बुर्जुवाको किसानले भने मासिक ९ हजार वा उत्पादनको १ प्रतिशत पि्रमियम बुझाएपछि मासिक ७ हजार वा जम्मा गरिएको अन्नपातको अनुपातमा पेन्सन दिइनेछ ।
जमिनदारले पेन्सन लिनका लागि मासिक १५ हजार वा वाषिर्क उत्पादनको १ प्रतिशत पि्रमियम बुझाएपछि ६५ वर्षपछि मासिक १० हजार पेन्सन पाउनेेछन् ।
कसरी जुट्छ कोषमा बजेट ?
किसानलाई पेन्सन दिन किसान पेन्सन कोष स्थापना गरिनेछ । कोषमा सुरुको कुल रकममध्ये ५० प्रतिशत सरकारको र ५० प्रतिशत किसानले जम्मा गर्नुपर्ने छ । कोषमा रकम जम्मा गर्नका लागि किसानलाई सहभातितामूलक पेन्सन प्रणाली लागू गर्न किसानले कुल उत्पादनको १ प्रतिशत कोषमा योगदान दिनुपर्ने छ ।
गत मंसिरमा कृषि क्षेत्रको विकासका लागि कृषि मन्त्री हरिबोल गजुरेलले २७ बुँदे प्रतिवद्धतापत्र सार्वजनिक गरेका थिए । जसमा किसानलाई पेन्सन दिने व्यवस्था गरिने उल्लेख थियो ।किसान पेन्सन योजनाले बहुसंख्यक नेपालहरुलाई सम्बोधन गर्ने भएकाले यो निकै लोकपि्रय कार्यक्रम हुने र जनताको मन जित्न सकिने ओली सरकारको विश्वास छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया