किसानहरुलाई यसै वर्षदेखि पेन्सन

बिजनेसपाटी १३ कार्तिक 

किसानलाई यसै वर्ष निवृत्तिभरण दिइने र प्रधानमन्त्री कृषि परियोजना लागू गरिने भएको छ । कृषि विकासमन्त्री गौरीशङ्कर चौधरीले जिल्ला कृषि विकास कार्यालयमा जडित सिसी क्यामेरा शुक्रबार उद्घाटन गर्दै कृषिमा नीतिगत रुपमा सीमान्तकृत समुदायलाई पहुँच पुर्याउने खालका कार्यक्रम सञ्चालन गरिने बताए । उनका अनुसार मुलुकलाई आत्मनिर्भर गराउनका लागि गरिबसँग सरकार र स्वरोजगारका कार्यक्रम तत्काल सबै जिल्लामा लागू गरिने छ ।

सो अवसरमा जिल्ला कृषि विकास कार्यालय पर्वतका वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले पर्वतमा चालु आवमा सञ्चालित कार्यक्रम र पर्वतमा कृषि क्षेत्रका अवस्थाबारे जानकारी गराएका थिए । रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया