कुनै पनि बैंक खातामा पैसा पठाउनुहोस् ‘खल्ती’बाट निःशुल्क बैंक ट्रान्सफर

काठमाडौं ०७ चैत्र २०७८। पैसा ट्रान्सफरलाई अझै सजिलो र सरल बनाउन खल्ती डिजिटल वालेट ले निःशुल्क बैंक ट्रान्सफर गर्न सकिने सुविधा उपलब्ध गराएको छ। यस मार्फत प्रयोगकर्ताहरूले निःशुल्क जहाँसुकै बसी ‘खल्ती’ मार्फत कुनै पनि बैंक खातामा तत्काल पैसा पठाउन सक्छन्।

यो अफर प्रयोगकर्ताहरूका लागि बैंक ट्रान्सफर प्रक्रियालाई सरल र सजिलो प्रक्रिया बनाउन खल्तीको प्रयासको एक हिस्सा हो। ‘खल्ती’ बाट प्रति कारोबार सीमा रकम रु. ५०,००० र प्रति दिन रु. १ लाख रहेको छ। तसर्थ, प्रयोगकर्ताहरूले सजिलैसँग यो रकम निःशुल्क कुनै पनि बैंकहरूमा ट्रान्सफर गर्न सक्नेछन्। यो अफर चैत्र ७ गते देखि बैशाख ६, २०७९ गते सम्म लागु हुनेछ।

खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले “खल्ती सधैं प्रयोगकर्ताहरूको लागि सुविधा सहज र प्रभावकारी बनाउनमा विश्वास गर्दछ र यो अभियानले डिजिटल फन्ड ट्रान्सफर र प्रयोगकर्ताहरूको बचत गर्ने बानीलाई बढावा दिने अपेक्षा गरिएको जानकारी दिए।

“खल्ती” नेपालको फिनटेक उद्योगमा आफूलाई युवा, प्रचलित र नवीन ब्रान्डको रूपमा स्थापित भएको छ। २० लाख भन्दा बढि प्रत्यक्ष र लाखौँ अप्रत्यक्ष प्रयोगकर्ताहरुको विश्वास बोकेको खल्ती डिजिटल वालेटले बिल भुक्तानी जस्तै मोबाइल र टिभी रिचार्ज, फ्लाईट तथा मुभी टिकट बुकिङ्ग, बिमा प्रिमियम तथा अनलाईन सपिङ्ग साईटमा भुक्तानी गरि ६००००+ सेवाहरुको डिजिटल भुक्तानी तथा रकम आदानप्रदानको सेवा दिँदै आएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया