कुन उमेरका मानिस कति घण्टा सुत्ने ? यस्तो छ अध्ययनको निस्कर्ष

एजेन्सी । उमेर अनुसार मानिसको निद्राको आवश्यकता पनि फरक हुने गर्छ । यदि बिहान उठ्दा निद्रा नपुगेको भान भएमा हामी निद्रा कनपुगेको महसुस गर्छौं । तर त्यो पर्याप्त निद्रा भनेको कति हो त ?

संयुक्त राज्य अमेरिकाको नेशनल स्लिप फाउण्डेशनले गरेको अध्ययनले विभिन्न उमेरका मानिसलाई विभिन्न समय निद्रा चाहिने प्रमाणित गरेको छ ।
नवजात ०–३ महिनाः भर्खर जन्मेका बच्चाहरुले सामान्यतया दैनिक १४ देखि १७ घण्टा सुत्नु पर्दछ । ११ देखि १३ घण्टा सुत्दा पनि तिनीहरुलाई निद्रा पुग्छ, तर १९ घण्टाभन्दा बढी सुत्न दिनु हुंदैन ।

शिशु ४–११ महिनाः यिनीहरुका लागि उपयुक्त १२ देखि १५ घण्टाको निद्रा हो । कम्तीमा १० घण्टा सुत्दा पनि निद्रा पुग्न सक्छ तर शिशुहरुलाई १८ घण्टाभन्दा बढी कहिल्यै सुत्न दिनु हुंदैन ।

१–२ बर्षः यो उमेरका बच्चाहरुले ११ देखि १४ घण्टा सुत्नु पर्छ । यिनीहरुका लागि स्वीकार्य ९ देखि १६ घण्टाको निद्रा आवश्यक पर्दछ ।

३–५ बर्षः विशेषज्ञहरु यो उमेर समूहका बच्चाहरुले १० देखि १३ घण्टा सुत्नु पर्ने उल्लेख गरेका छन् । तर यो उमेर समुहका सुत्नु पनि हुँदैन ।६–१३ बर्षः अमेरिकी निद्रा फाउण्डेशनका अनुसार यो उमेरकाहरुले ९ देखि ११ घण्टा सुत्नुपर्छ। ७ घण्टा भन्दा कम र १२ घण्टा भन्दा बढीको निद्रा यिनीहरुका लागि स्वस्थ मानिएको छैन ।

१४–१७ बर्षः किशोरकिशोरीहरुका लागि सुझाइएको निद्राको अवधि ८ देखि १० घण्टा हो। तर यिनीहरुले ११ घण्टाभन्दा बढी र ७ घण्टाभन्दा कम सुत्नु उपयुक्त नहुने अमेरिकी निद्रा फाउण्डेशनले जनाएको छ ।

१८–२५ बर्षः युवा उमेर समूहकाहरुले ७ देखि ९ घण्टा सुत्नु उपयुक्त हो। तर यिनीहरुले ६ घण्टा भन्दा कम र ११ घण्टा भन्दा बढी सुत्नु हुंदैन ।

२६–६४ बर्षः यो उमेर समूहका लागि सुझाइएको निद्राको अवधि युवाहरुको लागि जस्तै छ ।

६५ बर्ष भन्दा माथिः यो उमेर समूहका मानिसहरुका लागि दैनिक ७–८ घण्टाको निद्रा स्वस्थ मानिएको छ । तर यिनीहरुले ५ घण्टाभन्दा कम र ९ घण्टाभन्दा बढी सुत्नु स्वस्थ होइन ।

दिइएको उमेर समुह बाहेक मानिसको निद्रा समय फरक फरक पर्न पनि सक्ने अध्ययनमा बताइएको छ । सुत्ने समय , मदिरा, कफी र इनर्जी ड्रिंक्स जस्ता पेय पदार्थको सेवन, अलार्म घडी र दिनको प्रकाश जस्ता कुराहरुले मानिसको बायोलोजीकल क्लक अर्थात जैविक घडीलाई प्रभाव पार्ने गरेको पनि अध्ययनले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया