कुमारी बैंकको ३ हजार बढी कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं  ०७ भदौ २०८०।

कुमारी बैंक लिमिटेडले ३ हजार ५८४ कित्ता संस्थापक शेयर बिक्रीमा रहेको छ । विद्यमान संस्थापक शेयरधनीहरूले मात्र पाउने गरी बैंकले यो शेयर बिक्रीमा ल्याएको हो ।

इच्छुक संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र आवेदन पेश गर्नुपर्नेछ । बैंकको शेयर रजिष्ट्रार, कुमारी क्यापिटल लिमिटेडको नक्साल, काठमाडौंमा र कम्पनीको केन्द्रिय कार्यालय टंगाल, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ ।

तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थामा उक्त शेयर विक्री गरिने जानकारी बैंकले दिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया