कुमारी बैंकलाई तीन अर्ब रुपैयाँको ऋणपत्र निष्काशन गर्न अनुमति

काठमाडौँ ०३ पुस ।

कुमारी बैंकले ऋणपत्र निष्काशन गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ। बैंकले ३ अर्ब रुपैयाँ बराबरको प्रति इकाई १ हजार रुपैयाँको दरमा ३० लाख इकाई ऋणपत्र बिक्री गर्न अनुमति पाएको हो।

१०.२५ प्रतिशत व्याज पाउने ‘कुमारी बैंक डिबेन्चर २०८६’ नामक ऋणपत्रको बिक्री प्रबन्धकको काम नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गले गर्नेछ।

कुमारीले निष्काशन गर्न लागेको ऋणपत्रलाई इक्रा नेपालले ‘इक्रा एनपी एलबीबीबी प्लस’ रेटिङ प्रदान गरेको छ। यसले मध्यम कर्जा जोखिम रहेको जनाउँछ ।

दीर्घकालीन लगानी स्रोत जुटाउन, व्यवसाय विस्तारलाई बढावा दिन बैंकले ऋणपत्र निष्काशन गर्न लागेको हो।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया