कुमारी बैंकले शेयरधनीहरुलाई १४% लाभांश वितरण गर्ने

काठमाडौं ।

कुमारी बैंक लिमिटेडले  आफ्ना शेयरधनीहरुलाई बोनस शेयर र नगद लाभांश दिने घोषणा गरेको छ ।

कार्तिक ५ गते बसेको बैंकको संचालक समितिको बैठकबाट आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट १०% बोनस शेयर तथा ४% नगद लाभांश दिने प्रस्ताव पारित भएको छ ।

नेपाल राष्ट्र बैंक र बैंकको आगामी वार्षिक साधारणसभाबाट उक्त प्रस्ताव स्वीकृत भएपछि लागू हुनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया