कुमारी बैंक र यती एअरलाइन्सबीच व्यवसायिक सहकार्यमा कुमारी स्काई क्लव कार्ड जारी गरिने

काठमाण्डौ १३ अशोज २०७८ ।

कुमारी बैंक लि. र निजी क्षेत्रको अग्रणी वायुसेवा कम्पनी यती एअरलाइन्स प्रा.लि.ले व्यवसायिक साझेदारी गर्दै संयुक्त रुपममा नेपालमै पहिलो पटक Swipe and Fly Campaignको शुरुवात गर्नु भएको छ । यती एअरलाइन्सको स्काई क्लव कार्ड र कुमारी बैंकको भिजा डेबिट कार्डलाई एकीकृत गरेर कुमारी स्काई क्लव Co-brand कार्ड जारी गरिने छ ।

यसै सन्दर्भमा कुमारी बैंक लि.का निमित्त प्रमुख कार्यकारी अधिकृत श्री अनुजमणि तिमिल्सिनाज्यूले कुमारी स्काई क्लव कार्डका वाहकहरुले अब हरेक खरिदमा यो कार्डबाट भुक्तानी गर्दा हवाई यात्रा नगरे पनि हवाई यात्रा गरे सरह नै निश्चित अंक प्राप्त गरिने भएकोले हवाई यात्रा गर्न कुमारी बैंकका ग्राहकहरु समेत प्रोत्साहित हुने विचार व्यक्त गर्नुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया