कुलेखानीमा ३० लाखको पानी थप, टर्‍यो यो वर्षलाई विद्युत् समस्या

काठमाडौं :३० फागुन

कुलेखानी जलविद्युत् आयोजनाको जलाशयमा ३० लाख बराबरको पानी थप भएको छ। शुक्रबारयता भएको वर्षातका कारण उक्त रकम बराबरको पानी थप भएको हो। ‘कुलेखानीको जलाशयमा हुने प्रतिसेण्टिमिटर पानीबाट करीब ४० मेगावाट आवर विद्युत् उत्पादन हुन्छ,’ नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले भने, ‘यो वर्षात्ले थपिएको पानीबाट हुने विद्युत् उत्पादन हिसाब गर्दा ३० लाख बराबरको पानी परेको छ।’ शुक्रवार साँझसम्मको मापनमा जलाशयमा ८ सेण्टिमिटर पानी थपिएको प्रवक्ता अधिकारीले जानकारी दिए।आर्थिक अभियान दैनिकमा समाचार छ

त्यसैगरी, केही महीनादेखि जडित क्षमताको ५० प्रतिशतभन्दा पनि कम मात्रामा विद्युत् उत्पादन गरेका जलविद्युत् आयोजनाहरूबाट पनि राम्रो परिमाणमा विद्युत् उत्पादन भएको छ। पछिल्लो समयमा पानीको कमीका कारण खिम्ती जलविद्युत् आयोजनाको विद्युत् उत्पादन ६० मेगावाटबाट २७ मेगावाटमा झरेको थियो। वर्षातका कारण शुक्रबार खिम्तीबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन भएको प्रवक्ता अधिकारीले बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया