कृषि बिकास बैकको १५ लाख सहयोगसँगै भावुक भएका धर्मुसले आँसु चुहाएपछी…

सगिता सुवेदी
काठमाण्डौ ४ माघ
कृषि बिकास बैकले ५० औ बर्ष प्रवेश गर्दै गरेको स्वर्ण अवसरमा आज राजधानीमा पत्रकार सम्मेलन गरेको छ । आगामी ७ गते ४९ बर्ष पुगेर ५० बर्षमा लाग्दै गरेको बैकले यस बर्ष स्वर्ण जयन्ती मनाउने भएकोे हो । पत्रकार सम्मेलनमा बैकले धुर्मुस–सुन्तली फाउन्डेशनलाई १५ लाख सहयोग गरेको छ । सो रकम बैकका प्रमुख कार्यकारी अधिकृत लिलाप्रकाश सिटौलाले धुर्मुस–सुन्तली फाउन्डेशनका प्रमुख, चर्चित हास्य कलाकार एवं सामाजिक अभिन्यता सिताराम कट्टेल धुर्मुसलाई हस्तान्तरण गरेको हुन् । भुकम्पपछीको पुर्नरनिर्माण अभियानमा निस्वार्थ ढंगले समाजसेवामा सर्मपित रहेर उल्लेखनीय कार्य गरेको हिसावले आफनो सामाजिक उत्तरदायित्व बहन गर्न सो रकम धुर्मुस–सुन्तली फाउन्डेशनलाई प्रदान गरिएको बैकले जनाएको छ ।
गरिव किसानहरुसँग अटुट नाता रहेको बैकले आफनो अभियानमा सहयोग गरेपछी अभिनेता धुर्मुसले भने भावुक हुँदै आँसु चुहाए । भावविहल हुदै धुर्मुसले भने–‘कृषि बिकास बैकको १५ लाख सहयोग मुसहर बस्ती निर्माणको लागि खर्च हुनेछ’ । उनले त्यहाँ ५० घर बनाइन लागिएको समेत बताए ।
बैशाख १ गते उदघाटन गर्ने गरी बनाउन लागिएका ति घरहरु युरोप अमेरिकाको झै सुविधा सम्पन्न हुने पनि उनले बताए । मुसहर बस्ती निर्माण रकेटको स्पीडमा हुने उनले बताए । आफु एउटा जिम्मेवार नागरिकको हैसियतमा पुर्नरनिर्माणको अभियानमा लागि परेको उनले बताए । साथै धर्मुसले आफनो अभियानमा साथ दिन पनि सबै नेपालीलाई आग्रह गरेका छन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया