कृषि विकास बैंकको मोबाइल बैंकिंङ सेवा

बिजनेसपाटी ५ माघ

देशकै पुरानो एबम अर्धसरकारी बैंक कृषि  विकास बैंक लिमिटेडले मोबाइल बैंकिंङ सेवा संचालन गर्ने भएको छ।   बैंकले मोबाइल बैंकिंङ सेवा संचालनका लागि एफवान सफ्ट इन्टरनेश्नलसंग सम्झौता गरेको हो  । बैंकका प्रमुख कार्यकारी अधिकृत लिलाप्रकाश सिटौलाको उपस्थितीमा सम्झौतापत्रमा बैंकका तर्फबाट बजार तथा शाखा व्यवस्थापन विभागका विभागीय प्रमुख प्रेमकुमार श्रेष्ठ तथा एफवन सफ्टका प्रमुख कार्यकारी अधिकृत  सुवास शर्माले हस्ताक्षर गरेका छन् ।  बैंकले आफ्ना ग्राहकहरुलाई एडिबिएल स्मार्ट बैंकिङ नामक मोबाइल बैंकिंङ सेवा उपलब्ध गराउने छ ।

बैंकको आवश्यकता अनुसार एफवान सफ्टले तयार गरेको उक्त सफ्टवेयर अत्यन्त सुरक्षित, भरपर्दाे तथा हालसम्म नेपालका अन्य बैंकहरुमा प्रयोग नभएको सुरक्षा प्रणाली र यस मार्फत हुने वित्तिय कारोबारलाई थप सुरक्षित गर्न ओटिपिको व्यवस्था समेत रहेको बैंकले जनाएको छ ।  ग्राहकले सेवा लिन एडिबिएल स्मार्ट बैंकिङ मार्फत वा अनलाईनमा नै आवेदन फारम भर्न सक्ने, बैंक कर्मचारिको संलग्नतालाई लगभग शुन्य पारिएको तथा ५ तहको सुरक्षा प्रणाली अवलम्बन गरिएको बैंकले जनाएको छ ।  हरेक कारोबारको सूचना प्राप्त हुने, रकम ट्रान्सफर गर्न सकिने, स्टेटमेन्ट तथा चेकबुक अनुरोध गर्न सकिने, चेक तथा डेविट कार्ड आदि रोक्का गर्ने सकिने, कर्जाको साँवा तथा व्याज भुक्तानी सम्बन्धि जानकारी लिन सकिने लगायतका अन्य सुविधाहरु उपलब्ध भएको बैंकले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया