कृषि विकास बैंकमा ४० जनाका लागि जागिर खुल्यो

बिजनेसपाटी २५ फागुन 

कृषि विकास बैंकको प्रशासन सेवामा ४० जनाको लागि जागिर खुलेको छ। खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्तिका लागि सो माग गरिएको हो। व्यवसाय अधिकृत, अधिकृत स्तर तृतीय श्रेणीका लागि माग गरिएको ४० जनामा खुलाबाट २२, महिला ५, आदिवासी जनजाति ५, मधेसी ४, दलित २, अपांग १ र पिछडिएको क्षेत्रबाट १ जना लिइनेछ।

तल हेर्नुस  गोरखापत्रमा  प्रकाशित सूचना

फेसबुकबाट तपाईको प्रतिक्रिया