कृषि विकास बैंक उत्कृष्ट वाणिज्य बैंक बन्दैछ : सीईओ लिलाप्रकाश सिटौला

काठामाडौं, ४ माघ  ।

कृषि विकास बैंकको ५१ औं वार्षिकोत्सवको पुर्बसंध्यामा आयोजित पत्रकार सम्मेलनमा बैंकका प्रमुख अधिकृत लिलाप्रकाश सिटौलाले मुलुकको उत्कृष्ट वाणिज्य बैंक कृषि विकास बैंक हुने दावी गरेका छन् ।

बुधबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा सिटौलाले कृषि विकास बैंक अबको केही समयमा नै उत्कृष्ट वाणिज्य बैंक बन्ने बताएका हुन् । सिटौलाले बैंकले विभिन्न परिस्थितिको पार गर्दै नेपालका बैंकको सूचीमा अग्रस्थानमा पुग्न सफल भएको बताएका हुन्  ।

कृषि क्षेत्रमा ३३ प्रतिशत कर्जा लगानी गरेको यस बैंकले हालसम्म ८ खर्ब ६९ अर्ब कर्जा प्रवाह गरिसकेको छ । सिटौलाका अनुसार बैंकले ७ खर्ब ७० अर्ब रुपैयाँ कर्जा असुली गरिसकेको छ ।

कृषि विकास बैंक लिमिटेडले आव २०७३/७४ को लाभांशबाट २० प्रतिशत बोनस शेयर प्रदान गर्ने भएको छ । बैंकले आर्थिक वर्ष २०७३/७४ मा  त्यसैगरी बैंकले १० लाख ९१ हजार निक्षेपकर्ताको ९९ अर्ब ९२ करोड निक्षेप संकलन गरेको छ ।

हाल बैंकको पूँजी कोष गत वर्ष १२ प्रतिशत रहेकोमा यस बढेर १७ प्रतिशत पुगेको छ । बैंकले आव २०७३/७४ मा एक खर्ब नौ अर्ब २२ करोड कर्जा प्रवाह गरेको छ ।

हाल बैकले २१३ ओटा शाखा कार्यालयबाट सेवा दिइरहेको छ । त्यसैगरी २८ स्थानबाट लकर सुबिधा, १८६ ओटा शाखाबाट आस्वा सुबिधा, २२४ ओटा कार्यालयबाट रेमिट सुबिधा र १९८ कार्यालयहरुबाट अनलाइन बैकिङ सुबिधा प्रदान गर्दै आइरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया