केजरिवालविरुद्ध एफआइआर आदेश जारी
बिजनेसपाटी १६ माघ
दिल्लीका मुख्यमन्त्री एवं आम आदमी पार्टीका संयोजक अरविन्द केजरिवालविरुद्ध एफआइआर आदेश जारी भएको छ । विधानसभा चुनावका बेला आचारसंहिता उल्लघंन गरेको भन्दै निर्वाचन आयोगले उनीविरुद्ध एफआइआर आदेश दिएको हो ।
चुनावका बेला केजरिवालको भाषण विवादीत बनेको थियो । उनले त्यतिबेला कांग्रेर र भारतीय जनता पार्टीसँग पैसा लिए पनि भोट आफूलाई दिन अपिल गरेका थिए । ‘कांग्रेस र भारतीय जनता पार्टीका मान्छेहरु तपाइँहरुलाई पैसा बाँड्न आउँलान् । महँगाइलाई ध्यानमा राखेर पाँच हजारको सट्टा दस हजार माग्नुहोला, त्यो पनि नयाँ नोटसहितको,’ उनले भाषणमा भनेका थिए ।
यो बक्तब्यपछि निर्वाचन आयोगले केजरिवाललाई धम्की दिएका थिए । त्यसका बावजुद पनि उनले उक्त बक्तब्य दोहो¥याएको आरोप आयोगको छ । एजेन्सी
फेसबुकबाट तपाईको प्रतिक्रिया