‘केटीहरुको विश्वास गर्नु त मुर्खता हो’
बिजनेसपाटी ३० बैशाख
पछिल्लो समय लोकदोहोरी क्षेत्रमा आफनो पहिचान बनाएका सफल कलाकार रमन पहाडीले करिव एक दर्जन म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् । दर्शक सामु आफुलाई उनले राम्रै गरी परिचित गराएका छन् । उनले पछिल्लो समयमा जुगै गयो मेरो, आँसुको भेल, झल्लको आयो फेरी, रुन मन लाउँछ, घरवार बसाउँला, बैँसको मातले तथा अन्य त्यस्तै गीतहरुबाट दर्शकहरुको माया पाएका छन् । यति धेरै गीतमा अभिनय गरिसकेका मोडल रमनलाई केटीहरुको प्रपोज त आउने नै भयो । तर आफुलाई केटीहरुको विश्वास नलाग्ने उनी बताउँछन् । भन्छन् ‘केटी केवल टाइम पास हुन् । विश्वास गर्ने केटा मुर्ख हो’ ।
यस क्षेत्रमा आफुलाई मिलनसार एवं सबैसँग मिठो बोल्ने, सहयोगी इमेज बनाएका मोडल पहाडीलाई राजधानी फिल्मस् र निर्देशक देबेन्द्र कुवरको सहयोगले मोडलिङ क्षेत्रमा अघि बढाएको उनी बताउँछन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया