केबलकार खस्दा ७ को मृत्यु

कश्मीर १२ असार
भारत प्रशासित कश्मीरमा दुइवटा केबलकार दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ ।
केबलकार चलिरहेको बेला हुरी आएपछि रुख बज्रँदा दुर्घटना भएको बीबीसीले जनाएको छ ।
नयाँदिल्लीका दुई बालबालिकासहित एकै परिवारका चार सदस्य र तीन स्थानीय गाइडको दुर्घटनामा परेर मृत्यु भएको छ ।
कश्मीरको पर्यटकीय रिसोर्ट गुलमार्गमा केबलकारमाथि रुख खसेको हो । गुलमार्गाको केबलकार विश्वकै अग्लो स्थानको मध्येमा पर्छ ।एजेन्सी
फेसबुकबाट तपाईको प्रतिक्रिया